प्रचण्डलाई दुर्गा प्रसाईंको चेतावनी – तपाईंलाई जनताले घर न घाटको बनाइदिनेछन्

झापा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनताले घरको न घाटको बनाइदिने भन्दै व्यवसायी दुर्गा प्रसाईंले चेतावनी दिएका छन् । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै प्रसाईंले जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लागिरहने हो भने जनताले घरको न घाटको बनाइदिने चेतावनी दिएका हुन् ।

“प्रचण्ड जी यो मञ्च अपुरो छ । तपाईं नेपाली जनताको मनमा विराजमान हुनुपर्ने हो,” प्रसाईंले भने, “तर जनमञ्चबाट तिरस्कृत हुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्नुहुन्छ भने जनताले तपाईंलाई माइतीघरभन्दा धेरै पर हुत्याएर घर न घाटको बनाउने छन्, तपाईं पछुताउनु हुनेछ । काजी सापहरूले राज्यसत्ताको ‘तर’ मारेको जनताले रुचाएका छैनन् । विचार गर्नुहोला प्रचण्डजी ।”

आफूहरु जस्ता कार्यकर्तालाई धोका दिनु ठिक नभएको भन्दै प्रसाईंले फरक बाटो हिँड्नुको कारण सोधे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?