काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलवार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ५९.७० अंकले घटेर २ हजार ४ सय ५५.३३ अंकमा झरेको छ ।
आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ९.८० अंकले ओरालो लागेर ४ सय ४३.९५ बिन्दु कायम भएर बजार बन्द भएको छ । सोमवारको तुलनामा आज कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । आज २०८ कम्पनीका एक करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएका १३ मध्ये आज व्यापार समूह र होटेल तथा पर्यटन क्षेत्रको सूचक वृद्धि हुँदा अरु सबै समूह रातो देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया