बिएण्डसी कलेज सम्बन्धनमा सरकारले हस्तक्षेप गरेको भनी कांग्रेसको आपत्ति

RSS
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालय सभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ ।

कांग्रेस केन्द्रीय शिक्षा विभागले आज मंगलवार विज्ञप्तिमार्फत सरकार आफैँले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा. कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?