१ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च ,३० करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्न लागेको छ ।

सो सिक्का छपाईका लागि राष्ट्र बैंकले पौने ७१ करोड रुपैयाँ खर्च गर्ने गर्न लागेको छ । राष्ट्र बैंकले ३० करोड थान १ रुपैयाँको सिक्का पोल्याण्डको मेन्निका पोलस्का एसए कम्पनीलाई ५१ लाख १५ हजार युरोमा छपाइको जिम्मा दिन लागेको छ ।

सो कम्पनीले १ रुपैयाँको सिक्का छपाइका लागि राष्ट्र बैंकले गरेको बोलपत्र आह्वानमा गरेको थियो ।

यस कम्पनीले सबैभन्दा थोरै शुल्कमा सिक्का छाप्न राजी भएको छ । ३० करोड थान सिक्का छपाइ गर्दा प्रतिसिक्काको खर्च २ रुपैयाँ ३५ पैसा पर्ने भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?