केटी जस्तो देखिन्छस् भन्दा निक्कै रोएको थिएँ : टाइगर श्राफ

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ मंगलवार आफ्नो ३१ औँ जन्मदिन मनाउँदै छन् । टाइगर फिल्ममा उनले गरेको अभिनय र दमदार एक्सन र डान्सका कारण सधै चर्चामा रहन्छन् ।

फिल्म Heropanti मा टाइगर श्रॉफ

तर करियरको शुरुमा उनले निकै ट्रोल हुनु परेको थियो । गोरो अनुहारमा दारी जुँगा नभएका कारण टाइगरलाई धेरैले ट्रोल गरेका थिए ।
उनलाई करिना कपूरको डुप्लिकेट पनि भन्ने गरेका थिए ।

फिल्म Heropanti मा टाइगर श्रॉफ

टाइगरले हिरोपन्तीबाट डेब्यू गरेका थिए । हिरोपन्ती रिलिज भएपछि आफू निक्कै रोएको टाइगरले बताएका छन् । ‘फिल्म रिलिज पछि म धेरै रोएँ, त्यस्ता किसिमको प्रतिक्रियाले मलाई धेरै असर गरेको थियो ।’ उनले भने ।

फिल्म Heropanti मा टाइगर श्रॉफ

फिल्म Heropanti मा टाइगर श्रॉफ

फिल्म Heropanti मा टाइगर श्रॉफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?