काठमाडौं । प्रचण्ड–दाहाल पक्षका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीको विषयमा दिएको अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भइरहेको छ । एक सार्वजनिक कार्यक्रममा पन्तले पिँडौला देखाएर वली राष्ट्रिय सभा सदस्य बनेको टिप्पणी गरेपछि सम्पूर्ण महिलामाथि नै भद्दा मजाक गरेको भन्दै उनको आलोचन शुरु भएको हो ।
यस्तैमा अभिनेत्री वर्षा शिवाकोटीले पनि नेता पन्तको नाम नलिई उनको अभिव्यक्तिको आलोचना गरेकी छिन् । आफूलाई समाज धेरै परिवर्तन भइसकेको जस्तो लाग्ने गरे पनि केहि मानिसहरुको मानसिकता नबदलिएको देख्दा उनले फेसबुकमार्फत् दु:ख व्यक्त गरेकी छिन् ।”यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्योस महिलाहरु भान्साबाट बाहिर आए, ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपती भए, अन्तरिक्षसम्म पुगे तर कतिको मानसिकता अझै बदलिएन,”उनले लेखेकी छिन् ।
यो परिवर्तन आउन धेरै संघर्ष गर्नु परेको भन्दै शिवाकोटीले केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव नपार्ने टिप्पणी गरेकी छिन् । आर्थिक, प्राविधिक र सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिको मानसिक विकास भइनसकेको भन्दै उनले दुख व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया