९ चैत्र २०७९, बिहीवार

मधेसमा दल बदल्ने होड

२०७४,आश्विन,१९,बिहीवार ०२:२७

0
Shares

कपिलबस्तु, १९ असोज- मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेशसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलका नेता–कार्यकर्तामा पार्टी फेर्ने होड चलेको छ । उनीहरूका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले रातो कार्पेट बिछ्याएका छन् । मधेसी दलका नेता–कार्यकर्तालाई रातो टीका लगाएर आफ्नो पार्टीमा स्वागत गर्ने होड तीनै दलबीच चलिरहेको छ, कान्तिपुरमा खबर छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल असोज ५ देखि कृष्णनगर आई पार्टीमा नवप्रवेशीलाई स्वागत गरेसँगै यहाँको माहोल तातेको हो । यहाँ ठूला पार्टी छाड्नेभन्दा पनि साना पार्टीका नेता–कार्यकर्ता ठूला पार्टीमा प्रवेश गर्ने क्रम तीव्र छ । दाहालले फोरम नेपालका जिल्ला नेतालाई पार्टी प्रवेश गराएकै दिन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्ववरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापालाई पार्टीमा स्वागत गरे । चन्द्रौटामा आयोजित कार्यक्रममा थापासँगै राप्रपा नेपालका आमन्त्रित सदस्य अजय थापा पनि कांग्रेस प्रवेश गरे ।संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य असरारुद्दिन मुसलमान मंगलबार एमालेमा प्रवेश गरे । केही समय पार्टीको विदेश विभागमा रहेका मुसलमानलाई पकडीमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदिप ज्ञवालीले फूलमाला पहिर्‍याएर पार्टीमा भित्र्याए । उनीसँगै धेरै नेता एमाले प्रवेश गरे । असोज ८ मा राजपाका सहमहासचिव मिर्जाअरसद बेग एमाले प्रवेश गरेसँगै सुरु भएको अभियानले सोमबार ठूलो फडको मार्‍यो । जिल्लाका प्रभावशाली नेता तथा राजपाका उपमहासचिव बृजेशकुमार गुप्ता र केन्द्रीय सदस्य ईश्वरदयाल मिश्र सूर्य चिह्नबाट आगामी निर्वाचन लड्ने भएका छन् । उनीहरूले प्रवेश नगरे पनि एमालेसँग नजिकिएर सहकार्य गर्ने बताएका छन् । गुप्ता पूर्वमन्त्री तथा मिश्र पूर्वराज्यमन्त्री हुन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०२:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००