विराट कोहलीको इन्स्ट्रग्राममा एक सय मिलियन फलोअर्स

लोकपथ
0
Shares

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको इन्स्ट्रग्राममा एक सय मिलियन फलोअर्स पुगेका छन् । इन्स्ट्रग्राममा एक सय मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेट खेलाडी बनेका छन् ।

उनी इन्स्टग्राममा धेरै फलो गरिने खेलाडीमा चौथो स्थानमा छन् । फुटबललर क्रिस्टियानो रोनाल्डो, लिओनल मेस्सी र नेयमार पछि विराटको फलोअर्स धेरै छ ।

इनस्टग्राम पोष्टमार्फट सर्वाधिक कमाई गर्ने १० जनाको सूचीमा कोहली एक मात्र क्रिकेटर हुन् । इन्स्टग्राममा सबैभन्दा धेरै फलोअर्स क्रिस्टियानो रोनाल्डोको २६५ मिलियन रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?