सभामुख सापकोटा र दाहाल–नेपाल पक्षका नेताहरुबीच छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले सभामुख अग्नी प्रसाद सापकोटासँग छलफल गरेका छन् । आज (मंगलवार) बिहान सभामुख निवासमा भएको भेटघाटमा फागुन २३ गते बस्ने संसद बैठकका विषयमा छलफल भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने, निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुंगो नलगाइसकेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने जस्ता विषयमा छलफल भएको जनाइएको छ ।

मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन बोलाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?