‘पोइ पऱ्यो काले’को सिक्वेलमा दिक्पाल कार्की अनुबन्धित

काठमाडौं । ‘पोइ पऱ्यो काले’को सिक्वेलमा अभिनेता तथा मोडल दिक्पाल कार्की अनुबन्धित भएका छन् । कार्कीले आफ्नो जन्मदिनको अवसरमा आफू ‘पोइ पऱ्यो काले’को सिक्वेलमा अनुबन्धित भएको जानकारी गराएका हुन् ।

‘मेरो जन्मदिनमा शुभकामना दिनुहुने सम्पूर्ण साथीभाई, आफन्त र शुभचिन्तकहरुमा धन्यवाद दिँदै लामो पर्खाइपछि नयाँ चलचित्रमा अनुबन्धित भएको जानकारी यहाँहरुमा दिन चाहान्छु,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

सो चलचित्र शिशिर राणाको निर्माण तथा निर्देशनमा बन्न लागेको हो । यसअघि दुई वटा चलचित्रमा मुख्य भूमिका निभाइसकेका कार्कीले करिव छ वर्षपछि नयाँ चलचित्रमा अभिनय गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?