प्रवीण बास्तोला ‘हत्या’ प्रकरण : थप एकजना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३१ वर्षीय बास्तोलाको हत्यामा संलग्न रहेको आशंकामा १९ वर्षीय सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट गए राति पक्राउ गरेकोहो । उनलाई आज मंगलवार नै सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गर्ने तयारी गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

यसअघि प्रवीणको मृत्यु भएको घरका घरधनी उर्लाबारी–६ का रमेश गिरीलाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतवार उर्लाबारीबाट पक्राउ गरेका थियो।

गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात बास्तोलाको गत पुष ५ गते शंकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?