नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास, एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका-२ मा गत शुक्रवार किशोरीमाथि ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनकारी दिएको हो ।

ति किशोरीलाई गत शुक्रवार रातको १० बजेतिर ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता हरि बाहादुर आलीले लोकपथलाई बताए ।

३ जना मध्य एक जना आरोपित धादिङ बेनिघाट घर भएका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँकी दुईजना फरार रहेका प्रवक्ता आलीले बताए ।

परियारलाई प्रहरीले सोही राती नै पक्राउ गरेको थियो । पक्राउ परेका परियार उपर जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको आलीले बताए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?