सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलवार सुनको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमवार ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार सात सय रुपैयाँले नै घटेको छ ।  तेजाबी सुन प्रतितोला ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?