नेतृत्वले आत्मआलोचना गर्ने कि कांग्रेसलाई ‘हिरो’ बनाउने ? भन्दै कड्कीए मेयर शेर्पा

लोकपथ
0
Shares

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले प्रतिनीधिसभा विघटनदेखि दुई महिना लामो आन्दोलन, पुनर्स्थापनादेखिका घटनाक्रम र तिनका उपक्रमका कारण नेपाली जनता मात्रै होईनन् राजनीतिक दलका नेता कार्यकर्ता शुभचिन्तकसम्मलाई हैरानी बनाएको छ ।

यसैबीच नेपालको पछिल्लो टिठलाग्दो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि पोख्दै बार्‍हबिसे नगरपालिकाका मेयर निमफूञ्जो शेर्पाले ‘नेतृत्वले आत्मआलोचना गर्ने कि कांग्रेसलाई हिरो बनाउने ?’ भन्दै प्रतिप्रश्न तेर्साएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले अहिलेको विकसित परिस्थतिले कार्यकर्तालाई निकै निराश बनाएकोले नेतृत्वलाई सच्चीन सुझाव दिएका हुन् ।

उनले यसको परिणाम नराम्रो भोग्नुपर्ने भन्दै कांग्रेसलाई हिरो बनाउने बाहेक यो लडाईले अर्थोक केहि लछारपाटो नलगाउने भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । उनले लेखेका छन् :

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु एकता हुँदा ‘सुखी नेपाली र समृद्व’ नेपालको नारा लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । जुन अहिले परिस्थति छ यसले कार्यकर्तालाई निकै निराश बनाएको छ । यसको कारण अबको विकल्प भनेको कांग्रेसलाई हिरो बनाउने बाटो हुनसक्दैन । बरु बिगतका कमिकमजोरीको घनिभूत समिक्षा नेतृत्वले आत्मआलोचना गर्नुपर्छ । पार्टी व्यक्ति होईन सामुहिकतामा चल्नुपर्दछ । आफ्ना सिमाहरु थाँती राखेर पार्टीको निर्णय र विधिमा चल्ने गरी नीति बनाएर पार्टी फेरी नयाँ एकता भएर जानुको विकल्प छैन। यति गर्न सकियो भने नेकपाका आम कार्यकर्ता र सबै जनताको कल्याण हुनेछ । नेतृत्वले यो कुरा मनन् गर्न जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?