काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्दै छ । बोलकबोल प्रक्रियामार्फत आज दिउँसो ३ बजे ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो ।
विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।
फागुन १९ गते बुधवार निष्कासन गर्न लागेको यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया