बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका सीईओ तथा पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ परेका छन् । गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनको प्रहरीले बार्टोमेउलाई पक्राउ गरेको मिररले जनाएको छ ।
बार्टोमेउमाथि क्लबका अध्यक्ष भएको समयमा उनले गैरकानुनी कार्य गरेको आरोप छ । प्रहरीले बार्टोमेउसँगै क्लबका सीईओ ओस्कार र कानुनी अधिकृत रोमनलाई समेत पक्राउ गरिएको बताईएको छ ।
प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा मारेको समेत बताईएको छ ।
- एजेन्सी