कांग्रेस नेता भण्डारीको प्रश्न-कछाड तानातान र शब्दवाण हानाहानले जनता र नर्तकहरुले के पाउँछन् ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुलाई नाटक नदेखाउन आग्रह गरेका छन् । द्वन्दले देशमा जति द्वन्द्व बढदै जान्छ खेल्ने मैदान बढ्दै जान्छ ।” हेरेक निर्णय गर्ने आधार विधी हो । एक अर्काको कछाड तानातान र शब्दबाण र हानाहानले देश, जनता र नर्तकहरुले केही पाउने भन्दै भण्डारीले नाटक बन्द गर्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सत्ता केन्द्रित र प्रतिक्रियावादी राजनीतिक चिन्तनले विचार र कर्मलाई कमजोर बनाउने टिप्पणी गरेका छन् । छिमेकमा आगोलागे पछी आफ्नो घरमा पनि आगो लाग्ने भन्दै उनले नेकपा विभाजनले कांग्रेसमा पनि विवाद उत्पन्न हुनेतर्फ संकेत गर्दै नेताहरुलाई सचेत गराएका छन् ।

“सत्ता केन्द्रित र प्रतिक्रियावादी राजनीतिक चिन्तनले विचार र कर्मलाई कमजोर बनाउछ त्यस्तो राजनीतिले हामीलाई कहाँ पुर्‍याउँ छ ? एकअर्काको कछाड तानातान र शब्दबाण र हानाहानले नत देश, न जनता र न नर्तकहरुले केही पाउने हो ?” उनले लेखेका छन्, “छिमेकमा आगोलागे पछी आफ्नो घरमा पनि आगोलाग्छ । त्यसको लागि सर्तक त आफु नै हुनेहो । ‘जति द्वन्द्व बढदै जान्छ खेल्ने मैदान बढ्दै जान्छ ।’ हेरेक निर्णय गर्ने आधार विधी हो । कमरेडहरु धेरै नाटक नदेखाउ !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?