हेर्नुहोस् आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले आजका लागि कालो अंगुरको प्रतिकेजी मूल्य २१० रुपैयाँ, हरियो अंगुर प्रतिकेजी ११० रुपैयाँ, अदुवा प्रतिकेजी मूल्य ६५ रुपैयाँ तोकेको छ ।

यसैगरी रातो आलु केजीको २७.५० रुपैयाँ, भारतीय रातो आलु २७.५० रुपैयाँ, तराई काउली १७.५० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती प्रतिकेजी १४० रुपैयाँ, केरा प्रतिदर्जन ९५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

समितिले सुकेको खुर्सानी प्रतिकेजी ३१० रुपैयाँ, हरियो खुर्सानी ९५ रुपैयाँ, गोलभेँडा ठूलो ४५ रुपैयाँ, गोलभेँडा सानो १२.५० रुपैयाँ, गोलभेँडा सानो (तराई) १७.५० रुपैयाँ तोकेको छ ।

तरकारी तथा फलफुलको मूल्य सम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?