उपचारपछि भट्टराई आज स्वदेश फर्किँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज मंगलवार स्वदेश फर्किंदै छन्। स्वास्थ्य परीक्षण पूरा भएपछि भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्कन लागेका उनका प्रेस सल्लाहकार एवं जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

पेटमा क्यान्सर भएको आशंकामा भट्टराई फागुन ९ गते उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए । पेटको समस्या भएपछि लामो समयदेखि नेपालमै उपचार गराइरहेका उनलाई चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा दिल्ली जान सल्लाह दिएका थिए ।

बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकाले पनि दुईरतीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?