विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३४ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ५ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?