कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका–८ बाँसखोरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । सोमवार बेलुका साढे सात बजेतिर अचानक लागेकोे आगोले तिब्र रुपमा ५ मिनेटमै पाँच घर जलेर नष्ट भएको हो ।
आगलागीबाट लत्ताकपडा, खाद्यान्न, काठपात लगायतका सामान जलेर नष्ट हुँदा ३६ लाख बढीको धनमाल क्षती भएको प्रहरी चौकी मर्यादापुरका इन्चार्ज लिला बहादुर कुँवरले जानकारी दिए ।
प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीय मिलेर आगो आधा घन्टापछि आगो नियन्त्रणमा लिएका स्थानीय शम्भु शैनीले बताए । आगलागी पिडितलाई शैनीले खाना र बासको व्यवस्था गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया