‘कानून भन्दा नैतिकता ठूलो’- रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा प्रचण्ड–नेपालकी नेत्री रामकुमारी झाँक्रीले राजनीतिमा कानून, विधि र विधानभन्दा पनि नैतिकता ठूलो हुने बताएकी छन्। नेत्री झाँक्रीले सोमवार साँझ सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नैतिकतामा च्यूत भएको शासकबाट सचेत नागरिक शासित हुन नहुने उल्लेख गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘कानून, विधि र विधान भन्दा राजनितीमा नैतिकता ठुलो हुन्छ। जब शासक नैतिक रूपमा पतन हुन्छ तब एक प्रकारको स्वेत फासिजम सुरू हुनसक्छ। नैतिकतामा च्युत भएको शासकबाट सचेत नागरीक शासित हुनुहुदैन।’

प्रतिनिधी सभा पुन स्थापनासँगै यतिवेला प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?