राप्रपाको महाधिवेशन बैशाख २५ गतेदेखि

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हाधिवेशन आगामी बैशाख २५ देखि २८ सम्म काठमाडौँमा हुने भएको छ ।

सोमवार बसेको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशनका लागि आवश्यक पर्ने ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरेको छ । बैठकले निर्वाचनको कार्यतालिका पनि तय गरेको छ ।

वडादेखि जिल्ला तहसम्मको कार्यसमितिको निर्वाचन चैत मसान्तभित्र गरिसक्ने उल्लेख छ । त्यस्तै सक्रिय  सदस्यता वितरण चैत १५ सम्म गर्ने, महाधिवेशन प्रतिनिधि निर्वाचन बैशाख १० सम्म गर्ने र प्रदेश कार्यसमिति निर्वाचन बैशाख १५ भित्र गरिसक्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै समायोजन गर्न बाँकी जिल्लाहरूको ७ दिनभित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्रा सम्मिलित ४ सदस्यीय समिति गठन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?