पेट्रोलियम पदार्थ: भारतले फेरि पठायो नयाँ मूल्य, नेपालमा मूल्य बढ्ला ?

काठमाडौं– भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आज सोमवार (मार्च १) देखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ २० पैसा, डिजेलमा ४ रुपैयाँ ७ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ६ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर ९१ रुपैयाँ ९६ पैसा बढेको छ ।

भारतीय आयल कर्पोरेसनलेले पठाएको मूल्यसूची अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । जस अनुसार नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्ने देखिएको छ । यधपि नेपाल आयल निगमले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?