चीनले फेरि थप्यो नेपाललाई दिने खोपको मात्रा

काठमाडौं । चीनले नेपाललाई दिने कोरोनाविरुद्धको खोपको परिमाण फेरि थप गरेको छ । चीनले नेपाललाई आठ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमवार ट्वीट गर्दै नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पु-याएको जानकारी दिएकी हुन् । यसअघि चीनले ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको थियो ।

चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको हो । उक्त खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेकोे छ।

अहिले नेपालमा भारतबाट ल्याइएको खोप प्रयोग भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?