सावधान ! यी कुरा खाँदा घट्छ ‘ईम्युनिटी पावर’, दिनमा सय ग्राम एभोकाडो खानुको फाईदा यस्तो

लोकपथ
0
Shares

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ को कारण एक वर्ष बन्धक जस्तै बनेका मानिसहरु यसको कहर घटेसँगै अनि खोपहरु बनेसँगै फेरि सावधानीका उपायविना नै र सावधानी विना नै बाहिर निस्कन उद्यत छन् । लाखौँको ज्यान लिएको, करौडौँ मानिसलाई संक्रमित बनाएको कोरोना भाइरसका कारण धेरैले शरीरको रोग प्रतिरोधात्मक क्षमता र शरीरभित्रैबाट एक खालको शक्ति बढाउनेबारे जानकारी पाए । सचेत भए ।

हुनपनि हामी नेपालीहरुको खानपान शैली अलिक व्यवस्थित छैन । दाल, तरकारी, भात, अचार, दुध, दहि हरेक भान्सामा नछुटेतापनि पाएसम्म पेट चस्कने गरी खाने नपाए धेरै घण्टा भोकोपेट रहने आनीबानीका कारण शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमता दिनप्रतिदिन कमजोर हुँदै गइरहेको हुन्छ । यस्तो किसीमको समस्या समाधानको लागि शरीरले नै विशेष किसिमको शक्ति उत्पन्न गर्नुपर्ने रहेछ भनेर कोरोना महामारीमा धेरैलाई ज्ञान भयो । तर कोरोनाको कहर क्रमिक रुपमा घट्दै गएसँगै मानिसहरु स्वास्थ्यमा गम्भीर हुन छोडेका छन् । त्यसैले शरीर स्वस्थ राख्नका लागि शरीरको इम्यून सिस्टमलाई कसरी बलियो बनाउनु पर्छ भनेर केहि टिप्स लोकपथले यहाँ प्रस्तुत गरेको छ ।

एक अनुसन्धानका अनुसार ‘फ्रक्टोज’ नामक पदार्थ जुन गुलियो पेय पदार्थ, मिठाइ तथा अन्य प्रशोधित खानेकुराहरूमा पाइन्छ । यस्ता पदार्थहरु शरीरका लागि घातक हुन्छ । यी आफैले पनि शरीमा खासै फाइदा पुराउँदैनन् भने शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर बनाईदिन्छ । किनकी यी खानेकुरामा प्रक्टोजको मात्रा बढी राखिन्छ । जसले मोटोपन, मधुमेह जस्ता समस्या निम्त्याउँछ । केही वर्षयता संसारमा नै फ्रक्टोज डाइट लिनेको संख्या बढ्दै गइरहेको छ। तर यसको सेवनमा ध्यान दिनुपर्छ । यी बाहेक अन्य केहि त्यस्ता खानेकुरा छन् जसले तपाईको शरीरलाई फाइदा पनि गर्दैन भने शरीरमा भएको शक्ति समेतलाई नष्ट गरिदिन्छ । के हुन् ति खानेकुरा ?
पत्रु खानेकुरा
मैदाबाट बनेका अनेकन परिकार
मद्यपान
धुमपान
कोल्ड ड्रिङ्स् : कोक, फ्यान्टा, स्प्राईट
अत्याधिक पिरो, अत्याधिक अमिलो, अत्याधिक गुलियो खानेकुरा पनि खानुहुँदैन ।

Best Health Tips: Foods That Help To Boost Metabolism

कसरी बढाउने त शरीरको पावर

पर्याप्त निन्द्रा लिनुहोस्
प्लान्ट फूड प्रशस्त लिनुहोस्
गेडागुडी, तिनका रस, सुप, सफा मनतातो पानी, फलफूलको जुस सन्तुलित र नियमित प्रयोग गर्नुहोस्
सुगर नियन्त्रण गर्नुहोस् अ्तयाधिक गुलियो खाने बानी छ भने आजैबाट त्याग्नुहोस्
शरीरका लागि आवश्यक पानी पिउनुहोस्
नियमित शारिरीक अभ्यास गर्नुहोस्
हामीमध्ये अधिकांश मानिस जिब्रोको स्वादको लागि खान मन लाग्ने बित्तिकै जुनकुनै खानेकुरा खाईदिन्छौँ तर हामीले खाएका सबै खानाबाट शरीरले सबै पोषक तत्त्व पाउँदैन । जसकारण शरीरमा अनेकथरी रोग देखापर्छ ।

How to increase immunity amid Coronavirus: Immunity boosting tips for vegans

सकारात्मक सोच र उर्जाका साथै आयुर्वेदमा अश्वगन्धा, शतावरी, शिलाजीत, ओट्स, गाईको घिउ, पालुंगोको झोल, केरा लगायतको सेवन पनि स्टामिना बढाउन उत्तम खानेकुरा हुन् ।

Életmódváltás lépésről lépésre: a lassú felszívódású szénhidrátok listája - Salátagyár | Healthy eating, Healthy foods to eat, Healthy

दिनमा सय ग्राम एभोकाडो खानुस्, यस्ता छन् फाइदा : 

केही समयअघि सम्म धेरैजनालाई एभोकाडोको नाम समेत थाहा थिएन । आजभोलि भने यो फलको माग बजारमा ह्वात्तै बढेको छ । सामान्यतया पाइने आँप, लिच्ची, स्याउ, केरा भन्दा मूल्यमा केही बढी पर्ने भएतापनि एभोकाडोको व्यापार दिनानुदिन बढ्ने क्रममै छ ।

एभोकाडोमा बीस वटा भिन्नभिन्न प्रकारका भिटामिन तथा खनिज पदार्थ पाइन्छ । एउटै फलमा धेरै प्रकारका पौष्टिक तत्व पाइने यो फल बहुगुणी मानिन्छ । यो स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ ।

मात्र १०० ग्राम एभोकाडोमा १४ प्रतिशत पोटासियम पाइन्छ भने २६ प्रतिशत भिटामिन के, २० प्रतिशत फोलेट, १७ प्रतिशत भिटामिन सी, १२ प्रतिशत भिटामिन बि६ लगायत पोषण तत्वहरु प्राप्त गर्न सकिन्छ ।

एभोकाडोका केही फाइदाहरु लोकपथले यस प्रकार समेटेको छः

सुपरफूड एभोकाडो

एउटै फलमा २० वटा पौष्टिक तत्व हुने भएकाले यसलाई सुपरफूड भन्नु गलत नहोला । एभोकाडोमा भिटामिन के, भिटामिन सी, भिटामिन इ, पोटासियम आदि पाइन्छ । स्वास्थ्यप्रति सजग रहने व्यक्तिहरुले एभोकाडोको सेवन गर्दछन् ।

मुटु सम्बन्धि रोगबाट बचाउने

एभोकाडोमा अत्याधिक मात्रामा पोटासियम पाइन्छ जो जुनसुकै फलफूल वा खानेकुरामा पनि हत्तपत्त पाइँदैन । यसले उच्च रक्तचापलाई घटाउने काम गर्दछ जसले हृदयघात, मृगौला सम्बन्धि रोग आदिबाट जोगाउने गर्दछ ।

फाइबरयुक्त

एभोकाडोमा पर्याप्त मात्रामा फाइबर हुने भएकाले तौल घटाउन चाहनेहरुका लागि यो निकै फाइदाजनक हुन्छ । साथै फाइबरले रगतमा हुने चिनीको मात्रा सन्तुलनमा राखेर मधुमेह रोगबाट पनि बचाउन मद्दत गर्दछ ।

एभोकाडो खानेहरु बढी स्वस्थ्य हुने

एभोकाडो सेवनका विषयमा गरिएको एक अध्ययनले यो देखाएको छ कि एभोकाडो नखाने भन्दा खाने व्यक्तिहरु बढी सुरक्षित पाइएका छन् । अरुको तुलनामा उनीहरुको तौल पनि कम हुने अनुसन्धानले पुष्टि गरेको छ ।

अन्य खानाको पौष्टिक तत्वलाई पनि बढाइदिने

एभोकाडोको विशेषता के पनि हो भने यो आफैमा पौष्टिक त भइहाल्यो त्यसका साथै यसले अन्य पौष्टिक तत्वलाई पनि सक्रिय बनाउँछ । ती खानेकुराको पोषणलाई उजागर गर्दछ ।

एभोकाडोले क्यान्सरको उपचार गर्न मद्दत पुर्‍याउँछ

एक चिकित्सकीय अनुसन्धानका अनुसार एभोकाडोले क्यान्सरको उपचारमा पनि मद्दत पर्‍याउने भनिएको छ ।

यसका अतिरिक्त एभोकाडो एन्टी अक्सिडेन्टयुक्त हुने भएकाले यसले आँखाको स्वास्थ्यलाई पनि सुदृढिकरण गरिदिन्छ । कोलेस्ट्रोलको मात्रा घटाएर मुटु सम्बन्धि रोगबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?