हृदयघातका कारण दार्चुला मालिकार्जुनका वडाध्यक्षको मृत्यु

लोकपथ
0
Shares

टेकसिँह धामी कैलाली- दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ का वडाध्यक्ष रुद्रसिंह धामीको आज (सोमवार) बिहान मृत्यु भएको छ । धामीका हृदयघातका कारण मृत्यु भएको हो ।

७८ वर्षको उमेरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

वडाध्यक्ष धामीको निधनमा गाउँपालिकाले दुई दिन शोक बिदा दिने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा धामी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?