नेपालको पछिल्लो कोरोना अपडेट : थप ३ जनाले गुमाए ज्यान, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार दुई सय १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म २ लाख ७० हजार ४ सय ७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ९६८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?