प्रधानमन्त्रीको राजीनामा माग्नेहरुले राजनीतिबाट सन्यास लिए हुन्छ : सरकारका प्रवक्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् ।

सोमवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक प्रवक्ता गुरुङलले अहिलेको संक्रमणकालिन अवस्थामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु उचित नभएको प्रस्ट पारे ।

निर्णयहरु सार्वजनिक गर्दै सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्रीको राजीनामा माग्नेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने भन्दै कडा आलोचना गरेका छन् ।

“प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा माग्नेहरुको के छ राजनीतिक धरातल ? बुझ्नुपर्यो नि । उहाँहरुले नेपालको धर्तीबाट राजनीतिमा सन्यास लिए हुन्छ ।” उनले भने ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले स्वागत गरेको बताउँदै प्रवक्ता गुरुङले अहिलेको संक्रमणकालिन अवस्थामा प्रधानमन्त्री ओलीले राजीनामा नदिने प्रस्ट पारे । प्रवक्ता गुरुङले भने, “अहिलेको संक्रमणकालमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?