प्रतिनिधि सभा बैठकमा प्रवेश गर्न कोरोना खोप अनिवार्य

काठमाडौं । फागुन २३ गते बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा प्रवेश गर्न कोरोना खोप लगाउन अनिवार्य गरिएको छ ।

राष्ट्रिय सभा, प्रतिनिधि सभा र संसद भवनमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले बैठकमा प्रवेश गर्न अनिर्वायरुपमा खोप लगाउनुपर्ने संघीय संसद सचिवालयले जनाएको हो ।  फागुन १९ गतेदेखि २१ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन निजामती सेवा अस्पतालमा व्यवस्था मिलाएको छ ।

फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि पहिलोपटक बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते बुधवार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरिसकेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?