काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउने नेपाल विद्यार्थी संघ(नेविसंघ) का विद्यार्थीहरु पक्राउ परेका छन् ।
गण्डकी प्रदेशस्तरीय कार्यकर्ताहरुलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका विद्यार्थीहरुले नदिपुरमा कालो झण्डा देखाएका थिए । सो क्रममा नेविसंघका विद्यार्थी नेताहरु प्रताप बाँनिया, असिम सुवेदी, सन्देश ठकुरी र रमेश चन्द जैसीलाई प्रहरीले पक्राउ परेका हुन् ।
नेविसंघले सोमवार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाइको माग गरेको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमस्थलबाटै नियन्त्रणमा परेका नसिब गुरुङलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ ।
अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको धज्जी उडाउँदै प्रतिगमनको मतियार बन्न खोजेको आरोप लगाएका छन् ।
गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहाइ नगरिए आन्दोलनको आँधि बेहरी ल्याउँने बाध्य हुने नेविसंघले चेतावनी दिएको छ ।
“गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरुलाई तत्काल रिहाइ गर्न गृह प्रशासनसँग जोडदार माग गर्दछौँ । विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे आन्दोलनको आँधि बेहरी सिर्जना गर्न बाध्य हुनेछौँ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया