मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले सञ्चारमाध्यम एवं पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा निकट प्रेस संगठन नेपालका इञ्चार्ज भट्टराईले हेटौँडामा आयोजित संगठनको दोस्रो प्रादेशिक भेलालाई आज (सोमवार) सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय क्रमशः मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूर्ण स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । प्रेस संगठनका सहइञ्चार्ज ओम शर्मा र सहसंयोजक विष्णु रिजालले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया