गायक पृथ्वी खनालको ‘शिव ताण्डव स्तोत्रम्’ सार्वजनिक

लोकपथ
26
Shares

काठमाडौं । उदयमान गायक पृथ्वी खनालले ‘शिव ताण्डव’ बजारमा ल्याएका छन । ‘द भोइस अफ नेपाल’ सिजन २ बाट नेपाली सांगितिक आकाशमा उदाएका गायक पृथ्वी खनालले बिल्कुलै फरक शैलीमा शिव ताण्डव बजारमा पस्केका छन् ।

नेपाली लोक मौलिक बाजागाजाद्वारा सम्योजीत संगीतमा गायक पृथ्वी खनालको स्वर र देवेश राइले संगीत संयोजन गरेका छन् ।

भिडियोमा पृथ्वी र स्वजन रघुबंसी लाई मुख्य भुमिकामा देख्न सकिन्छ । पृथ्वीले भगवान शिवको पूजारीको भूमिका निर्बाह गरेका छन् ।
ज्योति प्रोडक्सनले पोस्ट उत्पादन गरेको उक्त भिडियो ग्रीश्मा भट्टको निर्माण, पीटर गुरुङको छायाकन बिष्णुहरि तिमल्सिनाको सम्पादन र आर सी रिमालको सहायक निर्देशन, पृथ्वी खनालको कथा निर्देशनमा बनाइएको छ ।

शिव तान्डव् महाशिवरात्रीको अवसरलाई मध्यनजर गरी Prithvi Khanal यूट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?