विप्लव नेतृत्वका नेता बाबुलाल शाक्य ओली समूहमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव नेतृत्वका नेता बाबुलाल शाक्य नेकपाको केपी ओली समूहमा प्रवेश गरेका छन् ।

विप्लव समूहका विशेष जिल्ला कमिटी सदस्य समेत रहेका शाक्य नेकपा ओली समूहको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा ओली समूहमा प्रवेश गरेका हुन् ।

सो क्रममा विप्लवका अन्य कार्यकर्ताका साथै कांग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर दर्जनौं नेता कार्यकर्ता पनि ओली समूहमा प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई गृहमन्त्री रामबहादुर थापालगायतले अबिर र माला लगाएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?