मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका-३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने बडिगार्ड गाउँपालिका-२ सक्नियार घर भएका १४ वर्षीय सुमन बिकको करेन्ट लागेर आइतवार साँझ मृत्यु भएको हो ।

मोटर जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारका लागि हटिया ईमर्जेन्सी पोलिक्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?