गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने

लोकपथ
0
Shares

काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले सोमवार पत्रकार सम्मेलन गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाईने बताएको हो ।

फाउण्डेशनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गरेको हो । तर, आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउण्डेशनलाई सहयोग गर्नु पर्नेछ ।

फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माण गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?