‘आइसबर्ग’ बियर पुनः नयाँ ढंगका साथ नेपाली बजारमा

काठमाडौं । नेपालको पूरानो बियर ‘आइसबर्ग’ आज (सोमवार)बाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

तीन दशकअघि नेपाली बजारमा लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्न सक्ने कम्पनीका दाबी छ । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर भएको कम्पनीले जनाएको छ ।

त्यस्तै हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न मदिरा (रक्सी) पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो यसको ६५० एम.एल.को बोतलको मूल्य २८५ रुपियाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ ।

यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा विश्वस्त रहेको कम्पनीको दाबी छ । आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै पुनः बजारमा नविन ढंगबाट ल्याइएको हो । कम्पनीले आज विशेष कार्यक्रमको आयोजना गरी आइसबर्गको लम्च गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?