२०७७, १७ फाल्गुन सोमवार १३:१३

प्रधानमन्त्री ओली पोखरामा, यस्ता छन् कार्यक्रमहरु


प्रकाशित मिति : २०७७, १७ फाल्गुन सोमवार १३:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज (सोमवार) पोखरा पुगेका छन् ।

यती एयरलाइन्सको विमानबाट पुगेका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रङ्गशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमसमेत छ ।

प्रतिक्रिया दिनुहोस