विजय लघुवित्तले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने

काठमााडौं । विजय लघुवित्त वित्तिय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्था लाई प्राप्ति गर्ने भएको छ ।

संस्थाको सम्पन्न विशेष साधारणसभामा सञ्चालक समितिको तर्फबाट खप्तड लघुवित्त संस्थालाई प्राप्ती गर्न विशेष प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ । यी दुई संस्था स्वाप अनुपात १ः०.८५ मा प्राप्ती हुन लागेको हो । विशेष साधारणसभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र सम्पत्ति, दायित्व र कारोवारको मूल्यांकन प्रतिवेदन प्राप्ति गर्ने र हुने सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन गरेको छ ।

दुई पक्षबीच सम्पन्न अन्तिम सम्झौतापत्र समेत स्वीकृत गरको विजय लघुवित्त वित्तीय संस्थाले जनाएको छ । खप्तड लघुवित्त प्राप्ती पश्चात हुने संस्थाको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

त्यस्तै,सो सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?