ललितपुरको ईमाडोलमा ४ लाख बराबरको धनमाल चोरी

लोकपथ
0
Shares

काठमाडौं । ललितपुरमा नगद र सुनको विभिन्न गहना चोरी भएको छ ।

महालक्ष्मी नगरपालिका-१ ईमाडोल गुम्बा टोल डेरा गरी बस्ने रामेछाप दोरम्वा गाउँपालिका-६ घर भएका गोपाल बिकको कोठाबाट नगद ६० हजार रुपैयाँ र सुनको विभिन्न गहना समेत गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल आइतवार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?