सामान्य विवाद हुँदा साथीमाथि दाउ प्रहार, घाइतेको अवस्था गम्भीर

लोकपथ
0
Shares

काठमाडौं । झापामा धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आफ्नै साथी ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा अर्जुनधारा नगरपालिका-१० कालीझोरा बस्ने ३३ वर्षीय बसन्त राईलाई आइतवार राति प्रहरीले पक्राउ गरेको छ ।

कुसुमको घरमा दुबै जनाले मादक पदार्थ सेवन गरी एक आपसमा सामान्य बादविवाद हुँदा बसन्त राईले दाउ प्रहार गर्दा कुसुम घाइते भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते कुसुमको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?