अवैध २ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । सिरहामा अवैध रुपमा ल्याएको भारतीय नोटसहित एक जना पक्राउ परेका छन् ।

सिरहा नगरपालिका-१६ स्थितबाट अवैध रुपमा ल्याएको २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी जम्मा २ लाख ५० हजार भारतीय रुपैयाँसहित भारत सहरसा ग्राम किसनपुर पञ्चायत-२ बस्ने ६० वर्षीय चतुरी यादवलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०६एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई राखेको उक्त भारतीय रुपैयाँ फेला पारी उनीलाई पक्राउ गरेको हो ।

यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?