केन्द्रीय कमिटी बैठकमा यी दुई चिज नबिर्सिन प्रचण्ड-नेपाल पक्षको अनुरोध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक फागुन १९ गते बुधवार बस्ने भएको छ ।

आज बसेको प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठकले पार्टीको केन्द्रीय र सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो ।

त्यसैअनुसार बुधवार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिवद्वय श्रीराम ढकाल र गंगालाल तुलाधरले विज्ञप्तिमार्फत जानकारी दिए ।

त्यस्तै उक्त बैठकमा केन्द्रीय सदस्यहरुलाई सक्कल नागरिकता र पार्टीको परिचय-पत्र सहित उपस्थित हुनका लागि समेत आग्रह गरिएको छ ।

“यही २०७७ फागुन १९ गते दिउँसो १:०० बजे पार्टी केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने भएकोले सक्कल नागरिकता र पार्टीको परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?