बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । कास्कीमा बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका ६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई शनिवार प्रहरीले पक्राउ गरेको हो ।

कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निशुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिई ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ईन्द्रमाथि बालबालिका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखी उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?