बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतवार तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ३० पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?