प्रतिनिधि सभा बैठक फागुन २३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपरान्ह ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष फागुन २३ गते अपरान्ह ४ बजे संसद बैठक बोलाउन सिफारिस गरिएको थियो ।

फागुन ११ गते संसद विघटनलाई बदर गर्दै आगामी १३ दिनभित्र संसद बैठक बोलाउन भनेको थियो । त्यसै अनुसार मन्त्रिपरिपषद्ले
आगामी फागुन २३ गते बैठक आह्वान गरेको हो ।

राष्ट्रपति भण्डारीले सम्भवत आज उक्त सिफारिसलाई अनुमोदन गर्ने स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?