ब्लगमा तस्वीर सेयर गर्दै अमिताभ बच्चनले दिए फ्यानहरुलाई धन्यवाद

लोकपथ
0
Shares

काठमाडौं । बलिउड सुपर्स्टार अमिताभ बच्चनले आफ्नो ब्लग मार्फत तस्वीर सार्वजनिक गरेका छन् । उनले आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन् ।

बच्चनले सार्वजनिक गरेका उक्त तस्वीरमा उनको कानमा टेप जस्तो केहि देखिएको छ, जसका कारण उनको शल्यक्रिया भएको फ्यानहरुले अनुमान गरेका छन् ।

बच्चनको स्वास्थ्य अवस्था बिग्रने भएपछि उनका फ्यानहरु चिन्तित थिए । यद्यपी उनको शल्यक्रिया भएको वा नभएको भने उनले खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?