सिद्धिन लागेका प्रचण्डलाई ५३ सिट जोगाइदिएको हुँ : प्रधानमन्त्री ओली

लोकपथ
0
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै ‘सिद्धिन लागेका’ प्रचण्डलाई ५३ सिट जोगाइदिएको दाबी गरेका छन् ।

हिमालयन टेलिभजनको ‘यक्ष प्रश्न’ नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले ‘सिद्धिएका प्रचण्डलाई ५३ सिटमा पुर्‍यादिएको कारण’ अहिले धाक नदिन सुझाव समेत दिएका हुन् ।

प्रचण्डले जीवनमा कहिले पनि बहुमतको प्रधानमन्त्री बन्न नसकेको बरु आफ्नो सहयोगमा एकपटक प्रधानमन्त्री बनेको ओलीले दाबी गरे।

उनले भने, ‘कहिले बन्नुभयो उहाँ बहुमतको प्रधानमन्त्री ? एकचोटि तमासा गर्दा पनि हामीले साथ दिएर बन्नुभएको हो ।’

प्रचण्डले जनतालाई नरभक्षी आन्दोलन गर्ने धम्की दिएर तर्साउन खोजेको समेत ओलीको ठम्याई छ।

लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको थियो कि ?

‘नेकपा’ नै धरापमा ! ३ दिनपछि आउनेछ फैसला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?