फेसबुकमा स्टाटस लेख्दा गोली हानी इन्जिनियरको हत्या, राष्ट्र संघले भन्यो अहिलेसम्मकै घातक !

लोकपथ
0
Shares

काठमाडौं । म्यानमारमा एक इन्जिनियरको गोली हानी हत्या भएको छ । इन्टरनेट नेटवर्क इन्जिनियर नि नि याङ ह्टेट नाइङ प्रहरीले चलाएको गोलीबाट मारिएका हुन । उनले अघिल्लो दिन आफ्नो फेसबुकमा ‘संयुक्त राष्ट्र संघलाई सैनिक सरकारविरूद्ध कदम चाल्न कतिको ज्यान जानुपर्ने’ हो भनेर लेखेका थिए ।

म्यानमारको सैनिक ‘कु’ विरोधी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १८ जनाको ज्यान गएको छ । यांगुन, बागो र म्यान्डले, लास्हिओ, मेइक, बागो र पोकोक्कु सरहमा आइतवार प्रहरीले चलाएको गोलीले प्रदर्शनकारीको मृत्यु हो । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार यंगुन, दावेई, मन्डालय, मेइक, बागो र पाक्कोकु सहरमा ३० जना प्रदर्शनकारी घाइते भएका छन् ।

यस घटनलाई सैनिक ‘कू’ विरुद्धको प्रदर्शनका क्रममा भएको बल प्रयोगलाई संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले अहिलेसम्मकै घातक भनेको बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी १ मा सैन्य ‘कू’ पछि ठूलो सङ्ख्यामा शान्तिपूर्ण विरोध प्रदर्शनको हप्तौँपछि सुरक्षा बलले शनिवारदेखि हिंसात्मक कारबाही सुरु गरेको हो । सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ।

आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाउँदै मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।

राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एउटा संस्थाका अनुसार प्रदर्शन सुरु भएयता ८५० भन्दा बढी मानिस पक्राउ परेका छन् । यो हप्ता पनि थप सयौँ गिरफ्तार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?