एट्लेटिको मड्रिडलाई बार्सिलोनासँग ५ अंकको अग्रता

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले भिल्ला रियललाई पराजित गरेको छ । आइतवार राति भएको खेलमा एट्लेटिकोले भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २७ औं मिनेटमा अल्फन्सोको आत्मघाती गोलबाट एट्लेटिकोले अग्रता बनाएको थियो । त्यसपछि खेलको ६९ औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई २-० को सहज जित दिलाए ।

जितसँगै एट्लेटिकोले २४ खेलमा ५८ अंक जोडेको छ । एट्लेटिकोले लिगमा दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ५ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको बार्सिलोनाको ५३ अंक रहेको छ । भिल्ला ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?